• २०८१ जेष्ठ १४ गते सोमवार

आपसी सदभाव भाईचाराको साथमा वकर ईदक मनाउन शुभकामना सन्देश दिँदै डिआईजी शाह

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा, ५ नम्बर ब्युरो

साउन २७, दाङ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा नेपाल सहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गरेर मनाउन समेत अनुरोध गरे ।

मुस्लिम दर्शन अनुसार मुस्लिम समुदायले यस पर्वको अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय छ । यस्ताखाले सेवाभावका कार्यहरु हामी सबैले आत्मसाथ गर्न सके सहिष्णुता, आपसी सद्भाव र भावनात्मक एकता अझ बढेर जानेछ । हाम्रोजस्तो बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न सबै धर्मका यस्तै सामाजिक दर्शन र चिन्तनले प्रेरणा प्रदान गर्दछन् ।

विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरुले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । फेरि पनि इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदले शान्ति, समृद्धि, त्याग, समर्पणभाव र सत्मार्गमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस डिआइजी शाहको भनाइ सन्देश छ ।

प्रतिक्रिया दिनुहोस