• २०८२ जेष्ठ २ गते बिहिवार

सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको नक्कली परीक्षार्थी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, ललितपुर । ललितपुर महानगरपालिका१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस