• २०८१ माघ २६ गते शनिवार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएको छ । आज अपरान्ह सवा १२ बजे विमानस्थल उत्रनु भएको हो ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

दैनिक १८ घण्टा भन्दा बढी कामको धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस