• २०८१ माघ २६ गते शनिवार

बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दा प्रचार प्रसारमा कमी

पढ्न लाग्ने समय : ३ मिनेट
  • धर्म सुनार

साउन २७,बाजुरा । बाजुराको अग्लो स्थानमा रहेको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दा तीर्थयात्रा आइतबारदेखि सुरु भएको छ ।

बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने बुढिनन्दा नगरपालिकामा रहेको महत्वपुर्ण धार्मिक स्थल बुढिनन्दा माताको मन्दिरमा दर्शन गर्न जाने तिर्थालु भक्तजनहरु आज वाट त्यस तर्फ प्रस्थान भैसकेको बताईएको छ ।
परम्परागत चलन चल्ती अनुसारमा बिगतका दिनहरु जस्तै धर्मकर्ममा आस्थावान भक्तजनहरु यति वेला बुढीनन्दा माइ भगवती देविको मन्दिरमा पुजाआजाका लागि जाने भक्तजनहरको निकै भिड लाग्ने गरेको छ ।


साउन महिनाको झरी र जाडोमा तीर्थालुहरु मौसमको खासै प्रवाह नगरी देविको मन्दिरमा धार्मीक बिश्वाशले गर्दा तिर्थ जाने गर्दछन तर, माथि पुगिसकेपछि यात्राका सबै दुख, कष्ट भुलिने तिर्थालुहरुले बताउछन् । बुढिनन्दा माइ भगवती माताले मनले चाहेको पुरा गर्दछन भन्ने जनविस्वास रहेको छ । यस क्षेत्रमा हरेक वर्षको साउने पुर्णिमाको दिन मेला लाग्दै आएको छ ।

बुढीनन्दा माइ भगवति देविको मन्दिर नजिकै निकै लोभ लाग्दो अति सुन्दर र रमणिय ताल र हराभरा पाटन क्षेत्रमा फुलेका रङ्गी विरङ्गी फुलहरुले गर्दा झनै सुन्दरता थपेको देखिन्छ । बुढिनन्दा देविको मन्दिरमा पुग्न निकै कठिन हुन्छ , बाजुराको सदरमुकाम देखि पैदल यात्रामा बुढिनन्दा माताको मन्दिरमा रहेको ठाउ पुग्न करिव तिनदिन लाग्ने गर्दछ । साउने पुर्णिमाका समयमा पुजा आजा गर्न टाढा टाढा बाट दर्शनार्थीहरु आउने गर्दछन ।

बुढिनन्दा मन्दिर क्षेत्रमा एक विसाल बुढिनन्दा ताल पनि रहेको छ । ठुला ठुला पहाडको विचमा रहेको गोलाकार यो ताल चार हजार पाँच सय एकासि मिटर को उचाइमा रहेको छ । साउनको महिनामा पनि वुढिनन्दामा हिउँ देखिने गर्द छ । बुढिनन्दा देविको पुजा आजा गरे मनोकाङक्षा पुरा हन्छ भन्ने जनविश्वास रहेको छ । मनोकाङक्षा पुरा हुने भएर पनि यहा धेरै मानिसहरु पुग्ने गर्दछन । अधिकांस दर्शनार्थीहरु नाङगै खुट्टाले पुग्ने गर्दछन । बुढिनन्दा देविको दर्सन गर्न बाजुरा जिल्लाका मात्र नभइ , छिमेकि जिल्लाहरु कालिकोट, जुम्ला, मुगु, अछाम, बझाङबाट समेत तिर्थालु आउने गर्दछन ।

बुढिनन्दा जादै गर्दा मनै लोभ्याउने डाँडाकाडाको दृष्यहरु देखिने गर्दछन । प्राकृतिक सुन्दरता संगै बुढिनन्दाको धार्मिक महत्व र महिमा पनि अपार छ । पवित्र मनले सोचेको कुरा पुरा हुन्छ भन्ने मान्नेता रहिआएको पाइन्छ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार माई भगवतिले बुढीनन्दालाई मुख्य मानेर बसेकि र १२ भाई देवि देवता छरीएर रहेको भन्ने किवदन्ति पैराणिक धार्मिक बिश्वाश रहेको छ । मनले सोचेको इच्छा पुरा हुने र मागेको वर पूरा हुन्छ भन्ने विश्वासले बुढीनन्दा धार्मिकको महिमा बढाएको भक्तजनहरुले बताउछन । बुढीन्दा माताको दर्शन गरेमा मनले सोचेको मनोकाङक्षा पुरा हुने बिश्वाशले भक्तजनहरु धनसम्पतिको वरमाग्न, सन्तानको वरमाग्न, चौपायाको वरमाग्न जाने गरेको बुढापाकाले बताएका छन ।  जिल्ला भन्दा बाहिरका भक्तजनहरु भोलि नै आउने र स्थानिय भक्तजनहरु द्धादसिका दिन देखि बुढीनन्दा दर्शनका लागि जाने परम्परा रहेको छ ।

बुढिनन्दा क्षेत्र जैविक विभिधता दृष्ठिकोणले पनि महत्व रहेको छ । विभिन्न प्रकारका जडिबोटी बनस्पतिको भण्डार पनि भन्ने गर्दछन । पर्यटकीय क्षेत्रको रपमा रहेको बुढिनन्दाको प्रचार प्रसार कमी भएको आकलन गर्न सकिन्छ । बाजुरा जिल्ला विकट भएकै कारण पनि यस क्षेत्र पछाडी परेको देख्न सकिन्छ । सम्बन्धित निकायबाट बढिनन्दाको प्रचारप्रशारमा ध्यान दिए पर्यटन विकासका लागी यो क्षेत्र पर्यटकिय हिसावले यो एक नया पर्यटकिय गन्तव्य बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस