• २०८० चैत्र १५ गते बिहिवार

ट्युनिसिया १५ बर्षपछि सेमिफाईनलमा

पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा माडागास्कारलाई ३–० गोल अन्तरले हराउँदै ट्युनिसिया १५ बर्षपछि प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

ट्युनिसियाले फाईनल प्रवेशका लागि अब सेनेगलसंग प्रतिस्पर्धा गर्नेछ ।

ट्युनिसियाले खेलको ५२ औ मिनेटमा फिरजानी सासीले गोलबाट अग्रता लिएको थियो ।

६० औ मिनेटमा युसुफ मिसकनीले टिमको अग्रता दोब्बर पारे । वाहबी खजरीको प्रहारलाई मेल्विन एड्रिएनको रोकेपछि फिर्ता भएको बललाई मिसकनीले पोस्टको दिशा दिए ।

नइम स्लेटीले अतिरिक्त समयमा गोल गर्दै टिमको जित सुनिश्चित गरे । माडागास्कारका खेलाडी अगाडी रहेको अवस्थामा स्लेटीले काउन्टर अट्याकमा गोल गर्न सफल भएका थिए ।

विश्व वरियताको १ सय ८ औ स्थानमा रहेको माडागास्कारले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएको हो । उसले सन् २०१७ बाट अफ्रिका कप अफ नेसन्सको छनोट खेल्न लागेको हो ।

फ्रान्स र थाईल्याण्डको तल्लो डिभिजनका लिग खेल्ने खेलाडीलाई समावेश गर्दै टिम तयार गरिएको हो ।

ट्युनिसियाले अब आईतबार सेनेगल र अल्जेरियाले नाईजेरियासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस