• २०८० मङ्सिर १६ गते शनिवार

आजको मौसम : भारि वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असार २७ काठमाडौं । आज शुक्रबार दिउसो देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै राति देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

मौसम विश्लेषण

हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू- भागमा अवस्थित छ । यसको साथै मध्य र पूर्वी भू-भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ जसका कारण आगामि २-३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना छ । हाल देशभर लगातारको मनसुनि वर्षा भै रहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस