• २०८२ बैशाख १६ गते मङ्गलवार

पोखराबाट लागूऔषध सहित एक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, कास्की । पोखरा महानगरपालिका-१० उत्तम चोकबाट सोही महानगरपालिका बस्ने ३० वर्षीय गोबिन्द थापालाई नियन्त्रित लागूऔषध नुर्फिन, फेनरागन र डाईजेपाम समेत गरी ५ सय एम्पुल र ग.१३ प ८२२८ नम्बरको मोटरसाइकल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा थापाले प्रहरीमाथि नै हातपात गरी प्रहरीसँग रहेको हतियार समेत खोस्न खोजेकोले खुट्टामा गोली हानेर प्रहरीले थापालाई पक्राउ गरेको हो । घाइते थापाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस