• २०८१ फाल्गुन २ गते शुक्रवार

वैदेशिक रोजगार मुद्दामा फरार प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई रानीबन काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार सुमनलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सुमनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस