- गोबिन्द पौडेल, इलाम
जेठ २९, इलाम । बिद्यालय कर्मचारी र बालबिकास केन्द्रका सहयोगी कार्यकताहरुको सरकारले तलब नबढाएको गुनासो आइरहदा इलामको रोङ गाउपालिकाले भने उनिहरुलाइ पोषाक बाफत भत्ता दिएको छ ।
सरकारले काम लगाइ रहेका र जीवन निर्बाह गर्न समेत नसक्ने गरि पारीश्रमिक दिने गरेको भनेर पटक पटक आवाज उठिरहने गरेको भएपनि आगामी बर्षको प्रस्ताबित बजेटमा सरकारले उनिहरुलाइ संबोधन नगरिएको बारेमा सामाजिक संजालमा तिब्र रोस प्रकट भइरहदा गाउपालिकाले भने सबैको मनोबल उच्च राख्दै सम्मान जनक ब्यबहार र बिद्यालयमा देखिने बिभेदकारी अवस्थालाइ चिर्न हरेक बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता र कर्मचारीहरुलाइ रु ५ हजारको दरले पोषाक भत्ता दिएको हो । गत बर्षकै गाउपरिषदबाट पारित भएको सो कार्यक्रम उनिहरुको लागि गत चैत्र र बैशाकको तलव भत्ता निकास हुदा नै बिद्यालयले संबन्धित कर्मचारीको खातामा पठाइ सकेको छ ।
बिभिन्न प्रकारका शिक्षकहरु र कर्मचारी भएर कामगर्दा सरकारले उनिहरुमाथी गर्ने गरेको बिभेद आफुले भोगिसकेकोले सकेसम्म सबैलाइ सम्मानजनक ब्यबहार गर्न आफुले यो निर्णय लिएको गाउपालिकाको अध्यक्ष समसेर राइले बताए । तर पोषक सुबिधा लिएर पनि पोषक नलगाउने शिक्षक तथा कर्मचारीहरुको बारेमा भने सोचनिय बिषय रहेको उनको भनाइ रहेको छ । केही बर्ष अघि सरकारले स्थाइ शिष्क्षकलाइ मात्रै पोषाक सुबिधा दिने गरेको थियो । यस बारेमा नेपाल शिक्षक महासंघले पहल गरेपछि अस्थाइ र राहत शिक्षकले समेत बार्षिक रुपमा समान रु १० हजार पोषाक भत्ता पाउन थालेका छन् ।
गाउ पालिकाको सो निर्णयले आफुहरु उत्साहित भएको लामिटार आधारभुत बिद्यालयका कर्मचारी दिपक सुन्दासले बताए । यता रोङ गाउपालिका वडा नं ६ ले भने बिद्यालयमा शिक्षक तथा कर्मचारी बिच रहेका भेदभाव रोक्न निजी श्रोतबाट कार्यरत शिक्षकहरुलाइ समेत यो सुबिधा दिने तैयारी गरेको वडा सदस्य केशर प्रधानले बताए ।