- गोबिन्द पौडेल, इलाम
जेठ २९, इलाम । कुनै बेला किसानको जीवनस्तर उकास्नलाइ संजिवनी बुट्टी सरह नै बनेको अदुवा अहिले रोगको कारण सखाप भएको छ । आम्दामीको मुख्य श्रोत बनेको अदुवा मासिएपछि किसानहरुको आर्थिक जीवन स्तर साघुरिएको छ भने उत्पादन नभएपछि राज्यबाट निकासी हुने अदुबाको निर्यात घट्दा राज्यको व्यापार घाटा समेत बढेको हो ।
औषधिय गुण र प्राय बिदेशमा निर्यात हुने मसलाबाली अदुवा रोपेको बिउबाट फल्ने फलमात्र हैन रोपेको माउ बिउसमेत निकालेर बेच्ने खेती अदुवाको दोहोरो फाइदा हुने हुदा गाउमा कोदो र मकै खेती गर्ने गरेको बेला खान लगाउन समेत पुग्दैन थियो त्यहिबेला अदुवाको खेती गर्न थालियो । भारतको नक्शालबाट व्यापारीहरु आउथे, मानिस र घोडाले बोकेर अदुवा भारत लगिन्थ्यो त्यहि बेला गाउमा रहेको घरहरुका छानाहरु टीनका भए मानिसहरुको अम्दामी ह्वात्तै बढेको थियो । रोङ ६ का ८४ बर्षिय किसान समसेर पौडेलले बताए । अहिले भने बोट पहेलिने, गाना कुहिने,बोट सलक्क ढल्ने जस्ता रोगहरुको कारण इलामका धेरै अदुवा खेती हुने स्थानमा यसको नामोनिसानै हराएको सुनपा ६ का किसान कुलबहादुर निरौलाले बताए ।
पहिला अदुवाको ठूलो व्यापार हुने इलामको हरकटेमा अहिले अदुबाको व्यापार प्राय शुन्य नै रहेको हरकटेका व्यापारी दुर्गा निरौलाले बताए । यता अदुवाको पकेट क्षेत्र मानिएको इलामको रोङ गाउपालिका पनि अदुवा खेती अति न्युन रहेको छ । किसानले अनेकौ प्रयासले निरन्तरता दिदामात्रै लोपहुनबाट जोगिने अवस्थामा अदुवाको रोग नियन्त्रणको लागि कृषी पाठशाला चर्लार आइ पि एम पद्धतीको बिकास र रोगकीराको पहिचान र आगेर्निक पद्धती को प्रयोग गर्दै बिगत मा नार्कमा कार्यरत कृषि बिज्ञहरुबाट ुजीवातु पद्धतीको प्रयोग र तालिम किसानहरुलाइ दिएर पुर्नस्थापित गर्न प्रयास थालिएको रोङ कृषि शाखा प्रमुख राम तामाङ्गले बताए । तर किसानहरु भने सामान्य परिक्षण र प्रयोगको रुपमा नभएर जिम्मेवार निकायले बिश्वस्त बनाउदै बाली बिमा सहित अदुवा खेती गराए अदुवा खेतीको पुर्नस्थापना हुने कुरा बताउछन ।
स्थानिय क्षेत्रहरुमानै प्रसोधन गदै र बिभिन्न परिकार बनाएर निर्यात गर्न सकिने भएपनि अहिलेसम्म इलाममा प्रसोधन गरिने नगरिएको र एउटा मात्रै अदुवाको परिकार बनाउने घरेलु उध्योग रहेको इलामको ३ हजार २ सय ३३ हेक्टर जमिनमा अदुवा खेती गरिएकोमा ४५ हजार ८ सय ९४ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्राबिधिक केशर मगरातीले बताए ।