• २०८० असोज ४ गते बिहिवार

साउदी अरबमा हज गर्न जादा पनि भ्रष्टाचार, १० जना माथि मुद्धा

पढ्न लाग्ने समय : २ मिनेट

जेठ २९, काठमाडौं । हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जना उपर आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

वि.स. २०७४ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका लागि आउनजान (Round Trip) को लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले मिति २०७४।०२।११ मा शिलबन्दी बोलपत्र आब्हानको सूचना प्रकाशित भएबमोजिमका शर्त पालना गरी रितपूर्वक दर्ता हुन आएका Universal Tours and Travels Pvt Ltd (Fly Dubai), Heena Travels and Tours (P)Ltd. (Air Arabia)र Sealinks Travels and Tours (P)Ltd (Etihad and Turkish Air) बोलपत्र दाताहरूले क्रमशः रकम रु ८८,९९५। , ९०,०००।  र ९५,३००। कबोल गरेकोमा सबैभन्दा कम रुपैयाँमा तिर्थयात्री लाने ल्याउने जिम्मा लिने संस्थासँग सम्झौता गरी बोलपत्रको कार्यान्वयन गर्नुपर्नेमा कम अंक कबोल गर्नेलाई पाखा लगाई बढी अंकवालासँग लाखौँलाख घुसररिसवत लिई अनियमित, गैरकानुनी र भ्रष्टाचार गरेको खुल्न आएको हो ।

विशेष उजुरीको आधारमा अनुसन्धान हुँदा सबैभन्दा कम अंक प्रस्ताव गरी हजयात्री लाने ल्याउने जिम्मा लिने संस्थाको बोलपत्र स्वीकृत नगरी हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरी सोही हज कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गर्ने कार्यमा एकलौटी ढंगले निर्णय गरी हज सचिवालयका सदस्य-सचिव तथा लेखापालसँग समेत कुनै पनि आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै रायसल्लाहसमेत नलिई दोश्रो घटी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेको देखिन आएको हो ।

नेपाल हज समिति सचिवालयका सदस्य-सचिव र लेखापालले उक्त गैरकानूनीरूपमा भएको निर्णयलाई कार्यान्वयन नगर्नु पर्नेमा आफ्नो अधिकार र दायित्व निर्वाह नगरी हिना ट्राभल्स एण्ड टुर्सलाई हवाई टिकटको सम्पूर्ण रकम भुक्तानी दिएका हुन ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २१ को उपदफा (१) र सोही दफाको उपदफा (२) को देहाय (क) मा उल्लेख भएबमोजिम हिना ट्राभल्स एण्ड टुर्सले बोलपत्रसाथ पेश गरेको बोलपत्र जमानतवापतको रू.३८,००,०००।–जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरिदिएको पाइएको हो । हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, हज समिति सचिवालयका सदस्य-सचिव र लेखापाल तथा हिना ट्राभल्स एण्ड टुर्सका संचालक समेतको बदनियतपूर्वक मिलेमतोमा उक्त गैरकानूनी निर्णय कार्यान्वयन गरी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकाले मोहम्मद शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनको हकमा कानुन बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस