• २०८० मङ्सिर २५ गते सोमवार

सुनसरीको गढी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २९, सुनसरी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुनसरीको गढी गाउँपालिकाका ८१ जनाले रोजगारी पाउने भएका छन् ।

१५ सय २० आवेदन मध्ये गाउँपालिकाले पाएको ८१ जनाको कोटामा समावेश भएका बेरोजगारीहरुले एक महिने अवधीको रोजगार अवसर पाउन लागेका हुन् । दलित, विपन्न र गरिब दुःखीलाई प्राथमिकतामा राखी कामदारको सूची तय गरिएको रोजगार संयोजक बिजेस पराजुलीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत खानेपानी, सरसफाई, वृक्षारोपण र खाल्टा खुल्टी तथा बाटो मर्मतमा जनशक्ति परिचालन गराइने छ ।

यस्तै कर्णाली प्रदेश अन्र्तगत जाजरकोटको शिवालयमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आन्तरिक रोजगारीको सिर्जन गर्न सरकारले संचालनमा ल्याएको प्रधानमन्त्रि रोजगार कार्यक्रम जाजरकोटको शिवालयबाट सुरु भएको हो । जिल्लामै पहिलोपटक शिवालय गाउँपालिकाले रोजगार कार्यक्रमको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस