जेठ २९, हेटौँडा । ३ नं. प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता आयोजित प्रदेश परिषद्को दोस्रो बैठक हेटौँडामा सुरु भएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्नुभएको हो । उद्घाटन सभामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुन आवश्यक रहेको बताएका छन । उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन । उनले भने, ‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।’
मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो ।