- रेशम बहादुर खड्का, जाजरकोट व्युरो प्रमुख
जेठ २९, जाजरकोट । जाजरकोटको एक वडा कार्यालयमा अज्ञात समुद्वारा तोडफोड गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा न १ण् को वडा कार्यालय तोडफोड गरेको हो । सोमवार राति करीब १२ बजे अज्ञात समुहले वडा कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी जाजरकोटका प्रहरी नायव उपरिक्षक स्याम बहादुर खत्रीले बताए ।
प्रहरी उपरिक्षक खत्रीका अनुसार स्थानियले दिएको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय रग्दा र दल्लीको टोलि घटना स्थल जादा कार्यालय तोडफोड भएको पाईको बताए । कार्यालयमा अज्ञात समुहद्वारा टेबुल,१ थान कुर्सी,३ थान सोफा १सेट ल्याबटब ,१ थान कम्प्यूटर १ थान तोडफोड भएको बताए । हाल तोडफोड कसले गरेको भन्ने कुनै नखुलेको अनुसन्धान जारी रहेको खत्रीले खबर24 नेपाललाई जानकारी दिए ।