जेठ २९, एजेन्सी । दक्षिण कोरिया मंगलबार राति भएको सेमिफाइनलमा इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक यू २० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कोरियाको जितमा जुन चोईले ३९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पोल्याण्डमा भैरहेको प्रतियोगिताको फाइनलमा अब कोरियाले शनिबार युक्रेनसंग खेल्नेछ । युक्रेनले सेमिफाइनलमा इटालीको चुनौती १-० ले पन्छाएको थियो ।