• २०८२ बैशाख १६ गते मङ्गलवार

नापी कार्यालय, परासीका नापी सर्भेक्षक घुस रकम सहित नियन्त्रण

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, नबलपरासी । नापी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यरत नापी सर्भेक्षक रा.प.अनं प्रथम श्रेणी छत्रबहादुर ठकुल्ला घुस रकम सहित पक्राउ परेका छन ।

जग्गाको क्षेत्रफल मिलाईदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले निज नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लालाई सेवाग्राहीबाट रू.२०,०००।– घुस बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस