• २०८१ माघ ८ गते मङ्गलवार

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष घुस रकम सहित नियन्त्रण

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, बाँके । बाँके राप्तिसोनारी गाँउपालिका स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनाले घुस रकम सहित पक्राउ परेक छन ।

सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनिहरुलाई सेवाग्राहीबाट रू पाँच लाख घुस बापतको रकम लिइसकेको अवस्थामा बाँके राप्तिसोनारी गाँउपालिका वडा नं.१ बैरीया कुसुमबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस