• २०८२ बैशाख १७ गते बुधवार

शिक्षिका नन्दनी श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, कपिलवस्तु । श्री कोटहीमाई प्रा।वि।,कपिलवस्तुका शिक्षिका नन्दनी श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

शिक्षिका नन्दनी श्रीवास्तवले प्रा.वि शिक्षक पदमा नियुक्त हुनका लागि माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी P.C.F. कोटाबाट प्रा.वि. शिक्षक पदमा नियुक्त भइ लाभ लिएको देखिएको हो । शिक्षिका नन्दनी श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस