• २०८० मङ्सिर १५ गते शुक्रवार

प्रहरी कितावखाना लैनचौरका, कम्प्युटर अपरेटर सुरज के.सी. घुस सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाडौं । प्रहरी कितावखाना लैनचौर, काठमाडौंमा कार्यरत कम्प्युटर अपरेटर सुरज के.सी.ले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका छन ।  विशेष सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले कम्प्युटर अपेटर नायव सुब्बा सुरज के।सी लाई सेवाग्राहीसँग रू.१०,०००।–घुस रकम लिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस