बैशाख २९, भियतनाम । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभएको छ ।
प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा रहनुभएको छ ।
यो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो ।