• २०८० असोज १७ गते बुधवार

पहिलो फिल्मबाटै ‘क्रेज’ बनाएकी ‘क्युट’ सुहाना (फोटोफिचर)

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २९, काठमाडौं । नायिका सुहाना थापालाई आमा झरना थापाको नामले चिनाउनु नपर्ने भइसकेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसीसँग रोमान्स गरेकी यी नायिकाले पहिलो चलचित्रबाटै गज्जबको प्रतिक्रिया पाइन् । फ्यान कमाइन् ।

सुहानाका फ्यानलाई उनको दोस्रो फिल्म कहिले आउला भन्ने चासो पनि छ । यसबारेमा निर्माण टिमले भने कुनै जानकारी गराएको छैन । तर, सूत्रका अनुसार सुहाना फेरि पनि होम प्रोडक्सनकै ब्यानरमार्फत दर्शकमाझ आउनेछिन् ।

अमेरिकामा पढेर नेपाल आएकी सुहाना अब भने यही क्षेत्रमा काम गर्ने निर्णय गरेकी छिन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट प्रशस्तै चर्चा बटुलेकी यी क्युट नायिका सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् ।

आज हामीले सुहानाको इन्स्टाग्राममा रुचाएका केही तस्वीर यहाँ राखेका छौँ:

 

प्रतिक्रिया दिनुहोस