• २०८० असोज ७ गते आइतवार

लालिगुरास युवा क्लबको २१ औ बार्षिक उत्सबको अवसरमा सास्कृतिक तथा विविध खेल्कुद कार्यक्रम हुने

पढ्न लाग्ने समय : १ मिनेट
  • सन्दिप डागी

फागुन २९, रोल्पा । लालिगुरास युवा क्लब परिबर्तन गाउपालिका ३ इरिबाङ रोल्पाले गत बर्ष झै यस बर्ष पनि आफ्नो २१ औ बार्षिक उत्सबको अवसर पारी सास्कृतिक कार्यक्रम सहित खेल्कुद आयोजना गर्ने भएको छ ।

२०७६ साल बैशाख ५ गत्ते देखि १० गत्ते सम्म सास्कृतिक कार्यक्रम सहित खेलकुद को आयोजना गरिएकको क्लबका अध्यक्ष बिनोद चन्दले बताउनु भयो । जस अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार पचास हजार, दृतिय पुरस्कार तिसहजार ,तृतिय पुरस्कार बीस हजार र सान्त्वना पुरस्कार दस हजार रहेको छ भने महिलातर्फको खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार पच्चिस हजार,दृतिय पुरस्कार पन्ध्र हजार,तृतिय पुरस्कार दस हजार र सान्त्वना पुरस्कार पाचहजार पुरस्कार राखिएको आयोजक ले बताएको छ।

सास्कृतिक कार्यक्रम तर्फ कुन कलाकार ल्याउने भन्ने बारे क्लबका पदाधिकारी (समिती) सङग छलफल भैरहेको र पुर्णरुपमा छ्लफल भैसकेपछी अर्को सुचना दिने आयोजकले बताएको छ।

परिबर्तन गाउपालिकाको पर्यटन प्रबर्द्धन र बिकास लाई सास्कृतिक तथा खेलकुदबाट चिनाउन गरेका प्रयास मध्य यो पनि एक उदाहरणिय भएको क्लब का सचिब के.पि खडकाले जान्कारी दिनुभयो। गत बर्ष पनि यस लालिगुरास युवा क्लबले बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि सकेको थियो । उक्त कार्यक्रम बाट सकारात्मक प्रतिक्रिया आएपछि यसपटक पनि २१ औ बार्षिकउत्सबको अवसर पारेर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस