फागुन २८, लमजुङ । महेन्द्र मन्दिर माध्यमिक विद्यालय, परेवाडाँडा, लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भेटिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रहरूको अनुसन्धान हुँदा लोकनाथ तिवारीले Bihar School Examination Board (SS) Patna, India बाट जारी भएको ईन्टरमिडीयट तहको प्रमाणपत्रहरू नक्कली पाईएको हो । उनले सोही प्रमाणपत्रको आधारमा नेपालबाट बि.एड. समेत पास गरेका थिए । उनको आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।