• २०८२ जेष्ठ १ गते बुधवार

दैलेखको द्वारी गाविसका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षा भत्तामा अनियमितता

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८,दैलेख । दैलेखको साबिक द्वारी गाँउ विकास समितिको कार्यालयका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको सार्वजनिक भएको छ ।

सामाजिक सुरक्षा भत्ता शीर्षकको सरकारी रकम निकासा गरी हिनामिना गरेको भन्ने समेत विषयको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त कुरा खुल्न आएको हो । साबिक द्वारी गा.वि.स.को कार्यालय दैलेखका तत्कालीन गा.वि.स. सचिव टिकाराम रेग्मीले आ.ब. २०६९/०७० को दोश्रो र तेश्रो किस्ता तथा आ.ब। २०७०/०७१ को प्रथम, दोश्रो, तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण बापतको जम्मा रु १,८४,०००/- (एक लाख चौरासी हजार) सामाजिक सुरक्षा भत्ता वितरणमा आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरी बदनियत साथ रकम निकाली हिनामिना गरेका हुन ।

यस्तै सहायक लेखापाल (खरिदार) छविराम शर्माले कृषि, वन तथा वातावरण शीर्षक बापतको रकम रु १,५२,५७० कामै नगरी बदनियतसाथ हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेकन छन । उनिहरु विरुद्ध विशेष अदालत, काठमाडौंमामा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस