• २०८१ माघ ८ गते मङ्गलवार

मकवानपुरमा जन्तीबस दुर्घटना, २ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, मकवानपुर । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस