फागुन २८, काठमाडौं । काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकाको दगुर्नेपानी एरियामा बालाजु प्रहरी बृतले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
डि एस पी सहितको प्रहरी टोलीले कर्डन एण्ड सर्च गर्ने क्रममा सिन्धुपाल्चोक कोल्पुभञ्ज्याङ १ घर भएकी बर्ष ३५ की छिरिङ तामाङ र मनमाया घिसिङले टहरोमा संचालन गरेको अबैध घरेलु मदिरा बनाउने उद्योगमा मदिरा बनाउँदै गरेको अबस्थामा फेला पारेको हो ।अन्दाजी १२,५०० लिटरको तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी १०० के.जि नष्ट गरिएको छ ।
सोही स्थान नजिकै सन्तलाल भन्ने व्यक्तीले संचालन गरेको अबैध घरेलु मदिरा बनाउने उद्योगबाट तयारी मदिरा अन्दाजी २५०० लिटर र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी १२० के.जि.पनि बरामद गरी नष्ट गरिएको बालाजु प्रहरी वृतले जनाएकोछ । ।