• २०८० मङ्सिर १३ गते बुधवार

१६ बर्ष देखि ओच्छ्यानमै लत्रीएका यज्ञको कथा: उपचार संभव छ भन्छन डाक्टर!

पढ्न लाग्ने समय : ३ मिनेट

सागर रिजाल, प्युठान । जन्मदै पहेंला आँखा,नचल्ने शरिर,इशाराले कुरा गर्छन उनी। बेलाबेला आफै आफै रुन्छन, कराउँछन र फेरि भुल्छन,अरुका कुरा सजिलै बुझ्छन सुन्न पनि सक्छन तर जवाफ फर्काउने सामर्थ्य उनिसंग छैन। ऐरावती गाउँपालिका–५ झिवाङका यज्ञ बोहोरा हुन उनी । सानो घरको भुइतलाको एउटा खाटमा दाहिनेतिर कोल्टे परेर उनी पल्टिरहन्छन् ।

उनका हातखुट्टा चल्दैन्न । दिशापिसाब ओछ्यानमै गराउनु पर्छ। कोल्टे फेर्न समेत सक्दैनन्। रातदिन एकजना धराले चाहिन्छ उनको हेरचाहका लागि।

अतिबिपन्न परिवारका उनी जन्मेदेखि नै ओछयानमा थलिएका छन् । १६ वर्षदेखि बोहोरा घरको एउटै ओछ्यानमा छन्। उनलाई के रोग लागेको हो भन्ने नै थाहा हुन सकेको छैन। ‘जन्मदा खेरी नै आँखा पहेला थिए । जन्मेदेखी नै ओछ्यानमै छ,’ उस्को धरालो बसेरै दिनरात बित्छ ।”उनकी आमा सीता बोहरा बताउँछिन। परिवारले प्यालेको संक्रमण हो कि भनेर अस्पताल लगे। विजुवार, वुटवलका अस्पतालमा उपचारका लागि यज्ञलाई पुर्याए । तर यहाँ पनि उपचार सम्भव देखिएन। त्यसपछि भारतको पन्जाप पिजीआई, र मनारी हस्पिटलमा पुर्याए। यो अस्पतालमा चिकित्सकले ७ वर्षसम्म लगातार औषधी खानुपर्छ भनेर बताए । औषधि महङ्गो किन्ने परिवारको हैसियत थिएन। किन कि गरिव थ्यो ।

२ वर्ष सम्म त दैनिक जेनतेन औषधी खुवाए । सुरुमै व्याजे पैसा ॠण काढेर अस्पताल पुर्याएका थिए। ॠण लिएको रकम छदा सम्म औषधि खुवाईयो । सीताले भनिन छोराको उपचारमा १० लाख भन्दा वढी रकम सकियो । ‘छोरालाई बिसको उन्नाईस भएन’ ॠणको भार थोपरीयो तर छोरालाई निको नभएको उनले सुनाईन् । कोहि मनकारी सहयोगी भैदिए छोरा उठ्थ्यो कि? बोहरा भन्छिन ‘उ हट्टकट्टा र फुर्तीलो भएको हेर्ने रहर छ।’ डाक्टरले ७ वर्ष सम्म औषधि सेवन गरे तपाईको छोरोलाई निको हुन्छ। उ हिड्न सक्छ भनेका थिए। औषधी किन्ने केही उपाए हामी संग छैन । बिरामीकि आमा सीता बोहराले भनिन। सीताका श्रीमान मधु बोहोराको ५ वर्ष अघि मृत्यु भयो।
यज्ञ सहित उनका २ भाई छोरा छन। ठूलो छोरा बिस्तारामा मुढो झै पल्टिरहेको छ। कान्छो छोराको पनि आँखा पहेलो छ। तर अरु समस्या देखिएको छैन उनी भन्छिन ।

छोराको हेरचाह गर्नुपर्ने भएकाले अरु केही काम गर्न पाएकी छैन्न उनले। त्यसैले घरको अबस्था समेत दिनदिनै कमजोर बन्दै गएको छ। ऐरावती गाउँपालिकाले यज्ञ बोहरा अपांगता भएको भनेर मासिक २ हजार र आफुलाई विदुवा भत्ता एक हजार रुपैया उपलब्ध गराउँछ। त्यसैबाट उनको गुजारा चलेको छ मुस्किलले । कान्छो छोरा स्कुल पढ्छन । आर्थिक अभावले कान्छो छोराको लागि कपि किताब कलम किन्दीन समेत समस्या भएको उनले बताईन् ।
डाक्टरले आमाको गर्भमा भएको समस्याले यज्ञलाई यस्तो समस्या आएको उपचारमा जाँदा डाक्टरले बताएको बालकका हजुरबुबा चुमानसिंह बोहोराले बताए । तर डाक्टरले उपचार संभव छ भनेका छन। उनका अनुसार धेरै पटक धेरै ठाउँ उपचार गर्न लैजाँदा समेत सन्चो नभएपछि आश मरिसकेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस