• २०८० मङ्सिर १९ गते मङ्गलवार

पत्रकार माथि कुटपिटको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्धारा घोर निन्दा

पढ्न लाग्ने समय : १ मिनेट
  • मनोज यादव
    माघ २९ सर्लाही रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार लेखेकै कारण पत्रकार माथि भएको हातपातको बिषयलाई लिएर घोर निन्दा गरेको छ।

सामुदायिक रेडियो सर्लाहीका स्टेसन मेनेजर पत्रकार सोम दियाली माथि अज्ञात मानिसहरुले समाचार लेखेको विषयलाई लिएर निर्घात रुपमा कुटपिट गरेको जानकारी पाएपछि रिपोटर्स क्लब प्रदेश न-२ का संयोजक (अध्यक्ष) बख्तियार अलीले उक्त घटनाको घोर निन्दा गर्दै तत्कालै दोषीमाथि कारवाहीको माग गरेको छ । संचार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकार दियाली माथि भएको आक्रमण प्रति सर्लाहीका सम्पूर्ण पत्रकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ।

एक पत्रकारले समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकार माथि कुटपिट गरिनु अत्यन्त निन्दनीय कुरा भएको संयोजक अलीले भन्नु भयो । रिपोटर्स क्लब , नेपाल पत्रकार महासंघ शाखा सर्लाही लगायत विभिन्न संगठन सँग आबद्ध संचारकर्मीहरु पत्रकार दियालीमाथि भएको कुटपिटको घोर निन्दा गर्दै यस घटनाको तत्काल छानवीन गरी दोषी उपर कारवाहीको माग गरेका छन् ।

कुटपिटबाट घाइते हुनुभएका पत्रकार दियालीको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस