• २०८१ असोज २६ गते शनिवार

निरन्तता पाउदै जाजरकोटका ग्रामिण सडक

पढ्न लाग्ने समय : ३ मिनेट
  • रेशम बहदुर खड्का

         २९ माघ,जाजरकोट जाजरकोटका ग्रामिण सडकले निरन्तर्ता पाएका छन । जिल्लाका सम्पुर्ण ग्रामिण क्षेत्रका सडकहरुले काममा तिब्रता पाएका छन ।

जिल्लाका स्थानिय तहहरुले मुख्य प्राथमिक्ता सडकलाई दिए पछि हाल ग्रामिण क्षेत्रका सडकहरु सुचारु हुदै गएका छन । जिल्लाको कुशे गाउँपालीकाका सबै वडा कार्यालयमा सम्म सडकको ट्रयाकहरु खुल्ला गरिएको छ । गाउँपालीकाका अध्यक्ष हरीचन्द्र बस्नेतका अनुसार गाउँपालीका बासीले आफनो वडा कार्यालय सम्म सहजै पुग्नको लागि २ बर्ष भित्र सबै वडामा सडक पु¥याउने जनता माज प्रतिबधता गरिएको थियो सोही अनुसार हाल गाउँपालीकाका सबै वडा कार्यालयमा सडक पु¥याउने जाजरकोटको पहिलो गाउँपालीका रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

Khabar24nepal संग कुरा गर्दै अध्यक्ष बस्नेतले पहिले बाउ-बाज्यहरुले २२ दिनको नेपालगञ्ज बाट भेडामा नुन ल्याउने दिन लाई अन्तय गर्नको लागि आफनो पहिलो प्राथामिक्ताम सडकलाई ध्यान दिएर गाउँपालिकाले हाल ग्रामिण सडकका ट्रयाक खोल्ने देखि स्तरउन्नतीको काम लाई निरन्तर्ता दिएको समेत जानकारी दिए ।
त्यस्तै जिल्लाको भेरी नगरपालिकाले पनि भरखरै सम्पन्न भएको हिउदे अधिवेशन बाट मुख्य प्राथामिक्ताम ग्रामिण सडकलाई अगाडि बढाएको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिए । दैनीक अतिआवश्यक बिरामि देखि नगर वासिलाई प्रत्यक्ष यातायातको पहुचँमा ल्याउनको लागि हाल ग्रामिण क्षेत्रका सडकहरुलाई मुख्य योजनाका साथ अगाडि बढिरहेको समेत प्रमुख घर्तीको भनाई रहेको छ ,नगर प्रमुख घर्तीले भने भेरी नगरपालिकाका साल्टाकुरा सडक खण्ड , अधिक्तम कृषकहरु भएको नगरपालिका धमाधम कृषिको आधुनिक करण संगै ग्रामिण सडकलाई कृर्षी सडकको अवधारण गरि हाल काम भई रहेको जानकारी दिए ।

 

नगरपालिकाले नगरपालिकाका कृषकहरुलाई लक्षित गरि कृर्षिमा आत्मा निर्भर गराउनको लागि ग्रामिण क्षेत्रका सडकहरुको काम तिब्रगतिमा अगाडि बढिरहेको बताए । नगर प्रमुख घर्तीले नगरको समग्र बिकासमा सहयोग गर्नुको साटो बिभिन्न सामाजीक सञ्जालमा आलोचना गर्ने बिकास निर्माणमा आलोचना गर्ने कुरा काटनु भन्दा पनि सबै आआफनो ठाउँबाट लागेर समृद्ध नेपाल सुखि नेपाली निर्माणमा जोड दिनु पर्ने बताए ।
१३ ओटा वडामा कर्मचारी परिचालन गरिएको छ इन्जीनियर पनि फल्डमा खटिएको छ अबको कार्यकालमा १३ ओटा वडा काकर्यालयहरुमा ग्राबिल गर्ने लक्ष्यका साथ नगरपालिका अगाढि बढिरहेको समेत जानकारी दिए । नगरपालिका बजार क्षेत्रमा नाला सहितको सडक बिस्तार गर्ने रानागाउँ देखि नेटा सम्मको लागि ढिपीआर सम्पन्न भएको संघिय सरकार संग थप वजेट व्यवस्थापन गरि टेन्डर प्रकृयामा जाने तयारीमा रहेको समेत जानकारी दिए ।

 

यस्तै जाजरकोटको जुनिचाँदे गाउँपालीकाले पनि ग्रामिण सडकलाई अगाडि बढाएको छ ११ ओटा वडा रहेको गाउँपालीकाले हाल ४ ओटा वडा बाहेक अन्य सबै वडा कार्यालय सम्म सडकको ट्रयाक ओपन गरिएको गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । गाउँपालीकाको मुख्य प्राथामिक्ताम सडक रहेकोले हाल गाउँपालीका भित्रका केहि वडा कार्यालय सम्म सडक ट्रयाक ओपन भएको नरमरा आदर्श मावी कोर्ताङ्ग जुनी सडक खण्ड र लामा तडा गर्खाकोट बुदिडाँडा जुम्ला सडकको स्तरउन्नतीको काम सुरु भएको समेत अध्यक्ष केसीले जानकारी दिए ।


बाह्रै महिना सडक सञ्चालनको लागि मोर्क खोला ,खारा खोलामा पुल नहुदा २ महिना अवरुद्ध भए पनि अन्य महिनामा सबै सडक सञ्चालनमा आएको जानकारी दिए । यस्तै छेडागाड नगरपालिकाले पनि नगरका सबै वडाकार्यालयमा सडक पु¥याउनको लागि हाल गाउँ गाउँमा डोजर लगाएको छ । जिल्लाको बारेकोट गाउँपालीकाले पनि गाउँपालीका सम्म सडक पु¥याउनको लगि सडक खन्ने काम जारी राखेको छ । भैगोलीक रुपमा दुर्गम रहेको बारेकोट गाउँपालीकाको कार्यालयमा पुग्न अब २ किलो मिटर मात्र सडक बाकि रहेको र बिचमा गतवर्ष खनिएको सडकको स्तरउन्नती भईरहेको बारेकोट गाउँपालीकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिए ।

जिल्लाको शिवालयमा पनि ग्रामिण क्षेत्रका सडकहरुको ट्रयाक ओेपनको काम अगाडि बढिरहेको गा.पा अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । गाउँमा गाउँबासीलाई यातायातको पहुच पु¥याउनको लागि हाल स्तरउन्नती देखि नया सडक निर्माणको काम अगाडि बढिरहेको जानकारी दिए ।

यस्तै नलगाड नगरपालिकाले पनि हाल सडकको काम अगाडि बढाई रहेको छ । अति दुर्गममा रहेका बस्तीहरुमा सहजै नगरमा आवतजावत गर्नको लागि ग्रामिण सडकको कामले तिब्रता पाएको नगर प्रमुख टेक बहादुर रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस