काठमाडौं- प्युठानका २ वर्षे शिशिर गत असारमा तेल को ताइमा डुबेर अनुहार जल्यो । उमेर सानो भयर होला शिशिर चन्चले स्वाभाबको छन् । घरमा खेल्दै गरेका शिशिरलाई घरमै छोडेर आमा पानि ल्याउन गएको बेला शिशिर तेलमा डुबेर अहिले यो अबस्था भएको छ ।
शिशिर लाई उपचार गर्दा करिब १२ लाख भन्दा धेरै खर्च लागिसक्यो । घरको आर्थिक अबस्था कमजोर छ शिशिरका आमा बुबा ले आर्थिक सहयोग मागिरहेका छन् त्यस्तै क्रममा पछिल्नो चरण एक चर्चित संचारकर्मी तथा सामिजिक अभियन्ता शिशिर भण्डारीले प्युठानका शिशिरलाइ र उनको परिवारलाइ भेटेर सहयोग रकम हस्तान्तरण गरेको भिडीयो नया नया निउज नेपाल youtube chhanel मा सार्बजानिक गरेका छन् । उसो त शिशिर भण्डारी पछिल्लो समय दुखमा परेको दुखि हरुको साहारा भन्ने गरेका छन् ।
कति सुन्दर थियो यो परिवार । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो ।
नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरारैं अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् ।
त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ । शिशिरका अघिल्ला भिडियोहरु हेरपछि तपाईहरुले मलाई कमेन्टमा शिशिर भाई तेलमा डुबेका बाबुलाई भेट्न जानु न भनिरहनु भएकै थियो । म त्यहि आग्रहलाई मान्दै शिशिर बसेको कोठा कर्तिपुरमा पुगे । शिशिरको उपचारका लागि उनको बुवालाई ३२ हजार सहयोग रकम हस्तान्तरण गरे ।
आशा छ सम्पूर्ण नेपालीहरुले थोरै थोरै भएपनि सहयोग गर्नु भयो भने शिशिरको परिवार र उनको अनुहार मा हामि पक्कै खुसि देख्ने छौ । सम्पूर्ण नेपालि हरुले साथ सहायोग गर्नु हुन अनुरोध गर्दछौ ।
भिडियो हेर्नुस