• २०८१ चैत्र ३ गते सोमवार

राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको प्रथम भेलाबाट दिनेश गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन

पढ्न लाग्ने समय : ३ मिनेट
  • विनोद दर्नाल, सुनसरी

मंसिर २५, सुनसरी । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला शाखाको प्रथम भेलाबाट दिनेश गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन । पत्रकार महासंघ सुनसरी शाखा को सभाहल मा बुधवार दलित अधिकारकर्मीहरु दलित बिकास समितीका अध्यक्ष किशोर पारीयार , परियार सेवा समाज जिल्ला सुनसरी अध्यक्ष खगेन्द्र परियार ,मरिक सेवासमाजका अध्यक्ष रामधारी मरिक ,बिस्वकर्मा कल्याणकारी समाजका अध्यक्ष केदार बराइलि , प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्की,पत्रकार तिर्थ कार्कि , दिव्य रोशनि साप्ताहिक का सम्पादक मनिता चाम्लिङ्ग , प्रबन्धक सागर सिन्जाली लगायतको उपस्थितीमा सम्पन्न भेला ले १७ सदस्यीय समिती गठन गरेको छ ।

नव गठित समितिको उपाध्यक्ष शान्ति गजमेर,(पहल साप्ताहिक), सचिवमा विनोद दर्नाल (कार्यक्रम संयोजक हार्ट एफ एम, खबर24नेपाल डटकम), सहसचिवमा बिमला विश्वकर्मा (सप्तकोशी एफ एम), कोषाध्यक्षमा शकुन्तला त्रिखत्री (महाप्रतिवाद साप्ताहिक) रहेका छन । सुनसरी जिल्लामा रहेर बिभिन्न संचार माध्यमहरुमा सक्रिय पत्रकारिता गर्दै आएका दलित समुदायको सो भेलाले भीम लामिछाने, (महाप्रतिवाद साप्ताहिक), उषा परियार (विजयपुर एफ एम), प्रमोद पोर्तेल (विजयपुर एफ एम), भुमिका रसाइली (सुनसरी एफ एम), लोकेन्द्र अछामी (सुनसरी एफ एम), विनोद रसाइली (जुरेली अनलाइन) नविन रम्तेल (प्रबोध साप्ताहिक), सुविन विश्वकर्मा,(सुनसरी एफ एम), मनिषा विश्वकर्मा (हार्ट एफ एम), खिलानाथ विश्वकर्मा (औजार दैनिक) रहेका छन भने भेलाले दुई सदस्य भने रिक्त राखेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला भेला आयोजक समितिका संयोजक तारा लामगादेको अध्यक्षता भएको सो भेलाले राजन केडी, रणध्वज लोहार र अनिता रसाइलीलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रम मा मन्तव्य राख्दै प्रमुख अतिथी संविधानसभा सदस्य अनिता परियारले दलित समुदायमा सञ्चारकर्मी एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने र दलित आन्दोलनको हिस्सा बन्ने अपेक्षा रहेको बताउनु भयो । भेलामा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले संघ स्थापनाको छोटो समयमै दलित सञ्चारकर्मीहरुको मन जितेको र आगामी दिनमा देशभरका दलित सञ्चारकर्मीहरु संघमा आवद्ध भइसक्ने बताउनु भयो । उनले संघले दलित समुदायका सञ्चारकर्मीको हकहित र संरक्षणका लागि काम गरिरहेको जानकारी दिनुभयो । शुभकामना मन्तव्य राख्ने क्रममा उपस्थित दलित अधिकारकर्मीहरुले सम्पूर्ण आवाजविहिन दलित हरुको आवाज लाई बोल्न कुनै हिच्किचावट नगर्न आग्रह गर्नु भएको थियो ,समिती गठन पछी अध्यक्ष दिनेश गजमेर ले धेरै समय पछी को सपना आज पुरा भएको भन्दै यो संगठन लाई एकता बन्द भै अगाडि बढेर आफुले सक्दो अगाडि बढाउने प्रतिवद्दत्ता समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस