• २०८२ जेष्ठ ४ गते शनिवार

१३९ विगाहा गुठी जग्गा व्यक्तिको कब्जामा छ : मन्त्री अर्याल

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर,२५ काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला परेको बताएकी छन् ।

उनले भनिन, मैले एउटा अभिलेख हेर्दा १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु, गुठीयारहरूसँगको छलफलमा उनले भनिन्, ‘पत्ता नलागेको अतिक्रमण त कति छ कति ? ‘मन्त्रालयको सबैभन्दा ठूलो चिन्ता गुठीको जग्गा अतिक्रमण भइरहेकोमा छ, दुःखको कुरा के छ भने आज पनि अतिक्रमण जारी छ ।

कुन गुठीको जग्गा, कुन व्यक्तिले, कसरी प्रयोग गरिरहेको छ भन्नेचाहिँ मन्त्री अर्यालले खुलाइनन् । गुठी जग्गा संरक्षणको प्रमुख जिम्मेवारी गुठी संस्थानको हो ।

प्रतिक्रिया दिनुहोस