मंसिर, २५ काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त भएकामा राजदूत निकोलालाई बधाइ तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत निकोलाले बेलायतमा बस्ने नेपाली र ब्रिटिश गोर्खाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको बताइन् ।