मंसिर ,२५ कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको मृत्यु भएको साथै स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको र एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको प्रहरीले जनाएको छ ।