मंसिर, २५ काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो । विभागका मौसमविदहरूका अनुसार, पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना छ ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउ विभागले आग्रह गरेको छ ।
हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।