मंसिर, २५ काठमाडौँ । नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ ।