• २०७९ असोज ९ गते आइतवार

छुट्टाछुट्टै र्घटनामा दुई जनाको मृत्यु

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर , २५ हेटौंडा । मकवानपुरको हेटौंडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

सो दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल चितवनमा रिफर गरिएको छ ।

गएराति हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ

प्रतिक्रिया दिनुहोस