• २०८२ जेष्ठ ३ गते शुक्रवार

इलामको अन्तुपोखरीमा डुङ्गा चलाउन रोक

पढ्न लाग्ने समय : ४ मिनेट
  • गोबिन्द पौडेल इलाम

काातिक २५, इलाम । इलामको सुयोदय नगरपालिकाको अन्तुमा रहेको अन्तुपोखरीमा संचालन हुदै आएको डुङ्गा संचालनमा रोकलगाएको छ । तत्कालमा डुङ्गा चलाउन जोखिम रहेको भन्दै रोक लगाएपछि अन्तु आउने पर्यटकहरु निरास भएका छन् भने यहाको ब्यापार ब्यवसायमा पनि गिरावट आएको छ ।

मोरङको बिराटनगर हाटखोलाका प्रमोद धितालले यस पटक अन्तु पोखरीमा डुङगा शयर गर्न पाएनन् । उनको कार्तिक २३ गते जन्मदिन पर्दथ्यो । त्यस अवसरमा साथीभाईसँग जन्मदिन मनाउन उनी ३ बर्ष पहिलाबाट अन्तु आउने गरेका थिए । ८ जना साथी लिएर अघिल्लो दिन अन्तु डाँडा सामुदायिक होमेस्टमा बास बसेको होमेस्टे सञ्चालक धन कुमार आलेले बताए । २४ गते बिहान घामको झुल्कोको दृश्यावलोकन गरेर चियाबारीको मनमोहक दृश्यवलोकन गदै पोखरीमा पुगे । तर ८ बजे सम्म गेट बन्द थियो । उनिहरुले हल्ला खल्ला गरेको सुनेर डुङगा संञ्चालक खगराज घिमिरेले गेटमा पुगेर नगरपालिकाले डुङगा संञ्चालनमा रोक लगाएको छ भने । प्रमोदसँग आएका आस्मिन भुजेलले दुख ब्याक्त गदै भने “हामी अभागी रहेछौ ।” डुङगामा चढेर सेल्फी खेच्ने उनिहरुको सपना अधुरो नै रहयो । जन्मदिन मनाउन आउने मात्र हैन आइताबार बिहानबाट यो समाचार तयार पार्दा सम्म ३ सय ५० देखी ४ सय आन्तरीक पर्यटक फिरे । उनीहरुले अन्तु पोखरीमा डुङगा शयर गर्ने सोखले आएको बताए । डुङगा शयर गर्न मिरिक,जामुनखाडी नै जानु पर्ने बाध्यता बताए ।

सुर्योदय नगर कार्यपालिकाको बैठकले कार्तिक १९ गते मंगलबार वडा नम्बर ४ को स्वामित्पमा रहेको अन्तु पोखरीमा समितिबाट डुङगा संञ्चालन हुदै आउकोमा यो पत्र पाएको मितिबाट नगरपालिकाको अनुमति बिना डुङगा सञ्चालन कार्य गर्न गराउन रोक लगाएको निर्णय गरेको छ । उक्त पत्र २३ गते पाएको डुङगा सञ्चालक समितिका अध्यक्ष रुद्र घिमिरेले बताए । पत्र पाप्त गरे लगतै संञ्चालक समितिको आपतकालिन बसेको बैठकबाट निर्णय गरि डुङगा संञ्चालन बन्द गरेको छ ।

नेपालको प्रमुख पर्यटकीय गन्तब्यहरुको सूचीमा रहेको सूर्योदय नगरपालिका ४ श्रीअन्तुमा रहेको अन्तुपोखरीमा तेह्र बर्ष देखि निरन्तर चलिरहेको अन्तु पोखरीमा डुङ्गा सञ्चालनमा नगरपालिकाले पत्र लेखेरै रोक लगाएपछि पोखरी निर्माणका लागि ३५ बर्ष अघि देखि खटेका ७० बर्षिय प्रेम प्रसाद घिमिरेले भैसीले आहाल खेल्ने बोझोघारीमा स्थानीयले पसिना वगाएर चर्चीत पोखरीमा परिणत गरेपनि नगरपालिकाले श्रमको मुल्य नबुझेको गुनासो गरे । नगरपालिकाका अनुसार अन्तुपोखरी सार्वजनिक स्थल भएकोले त्यहाँ डुङ्गा चलेर त्यसबाट नगरपालिकाको आम्दानी नदेखिएकोले रोक लगाइएको हो । नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाको मातहतमा डुङ्गा सञ्चालन गर्ने ब्यवस्था नहुञ्जेल सम्मका लागि डुङ्गा चलाउन रोक लगाइएको नगर प्रमुख रणबहादुर राईले बताएका छन्।

अन्तुपोखरीमा यसअघि स्थानीय बासिन्दाले गठन गरेको एक निजी समूहका नाममा ठेक्का लगाएर डुङ्गा सञ्चालन गरिँदै आएको थियो । उक्त समूहले चालु आर्थिक बर्षमा ३ लाख ६० हजारमा रुपैयाँमा वार्षिक ठेक्कामा स्थानीय खगराज घिमिरेलाई दिएर सञ्चालन भइरहेको थियो । यो समूह कहिँ कतै गठन नभएपनि र समूहमा रहेका सदस्यहरुले शेयरको रुपमा रकम सङ्कलन गरेर डुङ्गा खरिद गरि सञ्चालनमा ल्याएको डुङगा संञ्चालन समितिका कोषध्यक्ष राजु बम्जनले बताए । गएको आर्थिक वर्षहरुमा पोखरीको आम्दानीमा खासै वास्ता नगरेको नगरपालिकाले चालु आवमा ठेक्कामा डुङ्गा सञ्चालन गर्न बोलपत्र निकालेको थियो । तर चारपटकसम्म बोलपपत्र भर्ने कोही ननिस्किएपछि तत्काललाई डुङ्गा सञ्चालन रोक लगाएको उपप्रमुख दुर्गा भट्टराईले बताईन् । स्थानीय बासिन्दाको दबाब र पोखरीको जग्गा निजी भएको स्थानीयको दाबीका कारण अहिलेसम्म नगरपालिकाले डुङ्गा सञ्चालनको आम्दानी लिन सकेको थिएन । तर तत्काल गरिएको अनुगमनमा डुङ्गा शयरका क्रममा लगाउने लाइफ ज्याकेट नलगाई डुङ्गा चड्ने गरेको देखिएकोले रोक लगाइएको प्रमुख राईको भनाई थियो । उनले अब लाइफ ज्याकेटको ब्यवस्था सँगसँगै नगरपालिकासँग सम्झौता गर्ने संघसंस्था या ब्यक्तिलाईमात्र डुङ्गा चलाउन दिइने बताएका छन् ।

नगरपालिकाले यही मङ्सिर १४ देखि पाँचदिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ सञ्चालन गर्ने भएको छ । महोत्सव भन्दा पहिला डुङ्गा सञ्चालनको व्यवस्था नगरे मंसिर १४ देखि हुने सुर्योदय महोत्सव समेत बहिस्कार गर्ने विषयमा छलफल शुरु भएको सञ्चालक खगराज घिमिरेले बताए । डुङगा संञ्चालनमा रोक लगाएपछि पोखरीको भरका ब्यापार घटेको कुमारी मगरले बताईन् ।गत कार्तिक ८ गते नगरप्रमुखले पोखरीमा डुङगा संञ्चालन भईरहेको ब्यागराउण्ड बनाएर पोखरीको एकाछेउमा बसेर लाइफ ज्याकेटको ब्यवस्था बिनानै एक टेलीभिजनमा १ घण्टा लामो अन्तबार्ता दिदा सम्म डुङगा संञ्चालन खतरा नभएको र अहिले वहाँले साहै खतरा देख्नु भएको डुङगा संञ्चालक खगराज घिमिरेले दुखेसो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस