कात्तिक २५, चितवन । इलाका प्रहरी कार्यालय टाँडीको आयोजनामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका-१ बकुलहरस्थित बकुलहर माविका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुसँग उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखर कुमार साहले कार्यालयका बिभिन्न शाखाहरुको बारेमा तथा उक्त कार्यालयबाट हुने सेवा प्रबाह सम्बन्धमा जानकारी दिनु भएको थियो ।