• २०८१ बैशाख १३ गते बिहिवार

युनाइटेडको सहज जित

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा आन्द्रेयस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । अर्को एक गोल ब्राइटनबाट उपहार पाएको थियो । ब्राइटनका लेविस डन्कले सान्त्वना गोल फर्काए ।

आन्द्रेयसले १७औं मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए । दुई मिनेट लगत्यै डेभी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो । ६४औं मिनेटमा लेविस डन्कले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६६औं मिनेटमा रासफोर्डले मार्सियलको पासमा गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १२ खेलबाट १६ अंक बनाएको छ । ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ । लिगको अर्को खेलमा वल्भ्सले एस्टन भिल्लालाई २–१ गोलले हरायो । जितसँगै १६ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ । ११ अंक बनाएको एस्टन भिल्ला १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस