• २०८१ चैत्र २ गते आइतवार

सिन्धुपाल्चोकमा बस दुर्घटना ७ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 

असोज २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका अन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तिमा ७ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस