- बिनोद त्रिपाठी
चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण हाम्रा लागि निकै गौरवको बिषय हो । यसका केहि सामरिक महत्व छन् । देशहरुको उत्पतिकालदेखि नै नेपाल चीनको सम्बन्ध निकै घनिष्ट छ । पछिल्लो पटक (४० बर्ष यता) तिब्बतका कारण नेपालले अस्वभाविक रुपमा चीनसंगको सम्बन्धमा जटिलता भोगिरहेको यथार्थ हामी सामु छ । नेपालको सम्पुर्ण भुभाग तिब्बती क्षेत्रसंग जोडिएकोले पारवहनदेखि सहज आउजाउमा चीनले कडाइ गर्न थालेको हो । तिब्बत चीनको अलग प्रकारको राज्य हो । तिब्बतमा भाषादेखि शासनका प्रक्रिया पनि पृथक छन् । स्वतन्त्र तिब्बतका हिमायतीकै कारण चीनसंगको नेपालको सोझो पहुँचमा ब्यबधान पैदा गरिदिएको छ । नेपालको एक चीन नीतिले हाम्रो शीर झुक्न पाएको छैन । त्यसैले यो भ्रमणमा नेपालले चीन समक्ष बेइजिङको आँखाले नेपाललाई तिब्बती सिमानाको शंकास्पद देशका रुपमा नहेर्न जोडदार माग राख्नु अनिबार्य छ ।
शनिबारदेखि हुने चिनिया राष्ट्रपतिको भ्रमणप्रति हामी कुनै कोणबाट बिमति राख्न हुँदैन । जे भएपनि २३ बर्षपछि चीनले नेपाललाई थोरै भएपनि महत्व दिएको यथार्थ भने पक्कै हो । हाम्रा शासक खराब छन् । यसमा दुइमत छैन । शासन र शासकबाट हामी आजित भएर मेसैलाई बिरोध गर्ने हाम्रो नियति बनिदिएको छ । किनकी हामी सदियौंदेखि हालसम्म गरिबी र पछ्यौटेपनबाट पीडित छौं । पछिल्लो यो सरकारले जनतालाई दिएको महंगी, भ्रष्टाचार, बेथेती र बिचौलियाको भारले हामी नराम्रोसंग थिचिएका छौं । यसका बाबजुद पनि केहि हाम्रा नागरिकका कर्तब्य भने अबस्य छन् । हामी यसलाई असल नागरिकको हैसियतले पालना गर्नेपर्छ ।
१) चीनका राष्ट्रपति सि जिन पिङको शनिबारदेखि हुने भ्रमणलाई हामी हार्दिकतापुर्वक स्वागत गरौं । सि हाम्रा पाहुना हुन् । पाहुनालाई स्वागत गर्नु हामी नेपालीको मुलमन्त्र हो । यसमा सारा नेपाली एकजुट भएर नेपालीत्व भावना उजागर गरौं । यसमा हाम्रो महानता मात्र झल्किनेछ ।
२) हरेक दृष्टिकोणलाई नकारात्मक बनाउन हुँदैन । बिषय र गाम्भिर्यतालाई बुझेर बिरोध गर्ने परिपाटीको शुरुवात गर्न सक्यौं भने हाम्रा समाचार, लेख, आवाज, भाषण र स्वरहरु जनता बिच बिश्वसनीय हुनेछन् । चीनका राष्ट्रपतिको भ्रमण सरकारमा बस्ने दलका लागि आबस्यक होइन । यो नेपालीका लागि आबस्यक हो । हाम्रा लागि गौरवको बिषय हो । पंगु र नालायक सरकारलाई बिरोध गर्ने नाममा हाम्रा पाहुनालाई हामीले कुनै नकारात्मक असर पार्ने काम गर्न हुँदैन । त्यसैले, चीनका राष्ट्रपतिको यो भ्रमणलाई सरकारसंगको हाम्रा मतभेदसंग जोडेर कदापी नहेरौ । किनकी हामी हरेक देशका पाहुनालाई स्वागत गर्न आतुर छौं ।
३) परराष्ट्र मन्त्रालय र चिनिया राजदुताबासले जारी गरेका बिषय अध्ययन गर्दा यो भ्रमण केवल मैत्रीपुर्ण भ्रमण हो । मैत्री अर्थात मित्र र दुइ देश बिचको मित्रतालाई यसले सुमधुर बनाउँछ । बिकास निर्माणका साझेदारीलाई नेपालले आफ्नो स्वाभिमान उच्च राखेर सम्झौता गरोस भन्ने हाम्रो अपेक्षा छ ।
४) नेपाल सरकारले ठुला देशका पाहुना आउँदा मात्र काठमाडौं सिंगार्ने चलन बसाएको छ । यो ढोंगी प्रचलन मात्र हो । बिहान श्रृंगार गरेकी सुन्दरी बेलुका घर फर्कंदा कुरुप हुने सजावट अब नेपालीलाई पाच्य हुने छैन । सरकारले रातारात काठमाडौंको फोहोर फ्लेक्सले छोपेर पाहुनालाई सत्कार गर्ने परिपाटीको अन्त्य गर्नेपर्छ । चीनका राष्ट्रपति आउँदा स्वागतमा कुनै कसर नहोस हामी यो चाहन्छौं । चाह्यो भने एक सातामै यति सजावट गर्न सरकार सक्षम छ भने २० वटा साता लगाएर यसरी नै स्थायी सजावट गर्न सरकार किन सक्दैन ? हामी सरकारबाट यसको जवाफ चाहन्छौं ।
५)हरेक गरिब मुलुकले पनि न्युनतम आफ्नो देशको राजधानी बनाएका हुन्छन् । बिकसित मुलुकले त देश नै बनाएका हुन्छन् । त्यसैले, यो कुरुप र नरक जस्तो खाल्डो काठमाडौलाई बनाउन अब सरकारले नसोच्ने ? प्राकृतिक रुपमा सबैभन्दा सुन्दर छ काठमाडौं उपत्यका । तर मानव सृजित फोहोरले यसलाई कुरुप पारिदिएको छ । हाल भएका सबै जनप्रतिनिधीलाई कारवाही गर्ने होकि कर्मचारी फेरबदल गरेर काम गर्ने हो सरकारले तत्काल योजना अघि सार्नुपर्छ । हैन भने बिदेशी पाहुना आउँदा गर्ने यो टालटुल प्रबृतिले हामीलाई नोक्सान मात्र पार्नेछ । काठमाडौं झन झन फोहोरको डंगुरमा परिणत हुनेछ । फेरि पनि हामी कामना गरौं, हे नेपाल सरकार । अरु केहि गर्न नसकेपनि यो नर्क जस्तो काठमाडौंलाई फ्लेक्सले छोपेर होइन, इमान्दारका बिकासे इट्टाहरुले आफ्नो राजधानीलाई सुन्दर बनाइदेउ । चीनका राष्ट्रपतिको यो भ्रमणदेखि नेपाल सरकारले केहि त चेतोस । हामी हाम्रा पाहुनलाई हृदयदेखि जोडदारले स्वागत गर्न आतुर छौं ।
लेखक बिभिन्न सन्चार माध्यममा सम्पादकका रुपमा काम गरिसक्नु भएको साथै समसामाहिक विषयमा कलम चलाउदै अाउनु भएको छ ।