भाद्र २५, काठमाडौं । प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।
भदौ २७ गते हुने एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुँदै छन् । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतरसम्मका विद्यार्थीले खेल्ने छन् ।
विजेता टिमलाई एक लाख पचास हजार बराबरको टुर प्याकेज प्रदान गरिने आयोजकले बताएको छ । जसमा स्काइ वर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङ सहित काठमाण्डौ पोखरा दुई तर्फि यातायात र खाने बस्ने सुविधा रहेको छ ।
त्यस्तै रनरअप टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्ने छन ।
उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।
धन्यन्तरी फुटसल हाँडीगाँउमा हुने प्रतियोगिता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।