• २०८१ फाल्गुन ७ गते बुधवार

भारतीय प्रधानमन्त्री मोदी र ओली बीच अभूतपूर्व निकटता 

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र , २५ काठमाडौँ । पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए ।

मोदीले भने, ‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क भईरहेको छ,’ ‘पछिल्लो डेढ महिना भित्र मात्र मित्र प्रधानमन्त्री ओलीजी र मबीच चारपटक भेट भइसकेको छ ।’उनले जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकोमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौँ र दिल्लीबाट एकैचोटि पाइपलाइनको स्वीच थिचेका थिए ।

प्रतिक्रिया दिनुहोस