• २०८० मङ्सिर १५ गते शुक्रवार

बाजुराको अग्लोस्थानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको तीर्थयात्रा आजदेखि सुरु

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार 

साउन २६,बाजुरा । बाजुराको अग्लो स्थानमा रहेको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दा तीर्थयात्रा आजदेखि सुरु भएको छ ।

बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने बुढिनन्दा नगरपालिकामा रहेको महत्वपुर्ण धार्मिक स्थल बुढिनन्दा माताको मन्दिरमा दर्शन गर्न जाने तिर्थालु भक्तजनहरु त्यस तर्फ प्रस्थान भैसकेको बुढीनन्दा नगरपालिका वडा नंम्वर तिनका अध्यक्ष रामबहादुर बोहराले बताउनु भएको छ । बोहराका अनुसार मन्दिरका पुजारी सहितको टोलि आइतबार विहान मन्दिर तर्फ प्रस्थान गरेको बताउनु भएको हो ।

दर्शनगर्न जाने दर्शनार्थीलाई बास बस्न र खानका लागि बुढीनन्दा तालको सिमचौरमा प्रवन्ध मिलाईएकोे वडा नं चारका अध्यक्ष राजन रोकायाले बताउनुभएको छ । बुढीनन्दा नगरपालिका वडा नं चार बुढीनन्दा पाटनमा पर्ने बुढीनन्दाकोे विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तब्यको महत्व रहेकोछ ।

बुढिनन्दा देविको मन्दिरमा पुग्न निकै कठिन हुन्छ , बाजुराको सदरमुकाम देखि पैदल यात्रामा बुढिनन्दा माताको मन्दिरमा रहेको ठाउ पुग्न करिव तिनदिन लाग्ने गर्दछ । साउने पुर्णिमाका समयमा पुजा आजा गर्न टाढा टाढा बाट दर्शनार्थीहरु आउने गर्दछन ।

जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू,  सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय, लगायत बुढीनन्दामा दर्शनका लागि जाने तिर्थालु भक्तजनहरुका लागि सुरक्षा ब्यवस्था कडा पारीएको ईलाका प्रहरी कार्यालय कोल्टी प्रहरी सहायक निरीक्षक शेरबहादुर कवँरले बताउनुभएको छ । पुजाआजामा सहभागी हुने तिर्थालुहरुको सुरक्षाका लागि सबै प्रवन्ध मिलाउन ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी सहायक निरीक्षक कर्णशिहं बुढाको नेतुत्वमा पाँच जनाको टोलि खटाइएको प्रहरी सहायक निरीक्षक कवँरले बताउनुभयो ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार माई भगवतिले बुढीनन्दालाई मुख्य मानेर बसेकि र १२ भाई देवि देवता छरीएर रहेको भन्ने किवदन्ति पैराणिक धार्मिक बिश्वाश रहेको वडा नं चारका अध्यक्ष रोकायाले बताउनुभयो । मनले सोचेको ईच्छ्या पुराहुने र मागेको वर पूरा हुन्छ भन्ने विश्वासले बुढीनन्दा धार्मिकको महिमा बढाएको भक्तजनहरुले बताएका छन ।

बुढीन्दा माताको दर्शन गरेमा मनले सोचेको मनोकाङक्षा पुरा हुने बिश्वाशले भक्तजनहरु धनसम्पतिको वरमाग्न, सन्तानको वरमाग्न, चौपायाको वरमाग्न जाने गरेको बुढापाकाले बताएका छन ।  जिल्ला भन्दा बाहिरका भक्तजनहरु भोलि नै आउने र स्थानिय भक्तजनहरु द्धादसिका दिन देखि बुढीनन्दा दर्शनका लागि जाने परम्परा रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस