• २०८१ फाल्गुन २ गते शुक्रवार

सुविधानगरबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा एक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ सुविधानगरबाट तिनकुने बस्ने नवलपरासी घर भएका १९ वर्षीय मनिष चापागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुविधानगरस्थित बिग मार्ट अगाडि पार्किङ गरी राखेको बा. ५८ प १६६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ हराएकोले खोजी गर्ने क्रममा सोही ठाउँमा रहेको विप्लप मोटरसाइकल वर्कशपमा नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा फेला पारी मनिषलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस