• २०८१ जेष्ठ ५ गते शनिवार

भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, भक्तपुर । भक्तपुरमा आइतबार विहान काठामाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

बस अनियन्त्रित भई बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको ३ वटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको छ ।

सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ । ४ वटै सवारी साधन महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस