• २०८१ फाल्गुन २ गते शुक्रवार

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

पढ्न लाग्ने समय : २ मिनेट
  • खबर 24 नेपाल ५. नम्बर ब्युरो

शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ । आगलागी बाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको एसपी पाण्डेले बताए ।आफुलाई रातको १२: ५५ बजे गाउँपालिकाको अध्यक्षको गाडीमा आगजनी भएको खवर आएको र त्यस लगतै स्थानीय प्रहरीलाई आगो निभाउन पठाएको एसपी पाण्डेले बताए । घोराहीवाट घटनास्थल तर्फ जाँदै गरेका । त्यहाँ पुगेर अनुसन्धान गरेपछि मात्रै कस्ले गरेको हो? भन्न सजिलो होला,’ एसपी पाण्डेले भने । रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन । तर प्रहरीले भने राज्यद्धारा प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ । ‘हाम्रो आशंका विप्लव तर्फ नै हो । तर, घटनास्थल नपुग्दा सम्म र अनुसन्धान पछि मात्रै त्यो कुरा भन्न मिल्छ,’ एसपी पाण्डेले भने ।

चन्दा माग्ने विप्लव समुह वा कुनै व्यक्ति विषेशले रिसीविका कारणपनि गाउँपालिकाको अध्यक्षको गाडीमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस