साउन २६, दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका वडा नम्बर ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको रा १ झ १५२ नम्बरको गाडीमा आगजनी भएको हो ।
पार्किङ गरेर राखेको गाडीमा शनिबार मध्यराति आगजनी भएको र आगोमा जलेर गाडी पूर्णरुपमा क्षति भएको छ । आगो कसले र किन लगाएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।