• २०८२ बैशाख ५ गते शुक्रवार

ललितपुरका विद्युत प्राधिकरण फोरमेन अविलाल विष्ट घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

असार २६, ललितपुर । नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट घुस रकम सहित नियन्त्रणमा छन् ।

नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्टले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई घुस माग गरेका हुन। विष्टले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज फोरमेन अविलाल विष्टलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस रकम रू.५,००० लिइसकेको अवस्थामा लगनखेल स्थित यु एण्ड वि फाष्ट फुडबाट रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस